Uncategorized

डडेल्धुरा अपडेटः मृतकको संख्या १८ पुग्यो, १४ को सनाखत (नामावलीसहित)

७ मंसिर, डोटी । डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । तीमध्ये १४ जनाको सनाखत भएको छ ।

डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा शिखर नपा– ४ कि ३५ वर्षीया शशी विक, सोही नगरपालिका ११ कि २५ वर्षीया गोपा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

त्यसैगरी, नवदुर्गा गाँउपालिका–३ का चक्र धामी, तीलक खाती, टेक धामी, नवदुर्गा गाउँपालिका–४ की माया रावल, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, सोही नगरपालिका–७ कि २२ वर्षीय योगेन्द्र बोहराको पनि सोही दुर्घटना परी ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउने डोटीको शिखर नगरपालिका–७ का शंकर जोरा, कैलालीको गोदावरी नगरपालिका–१० का २३ पुरन कठायत, सोही स्थानकी २० वर्षीया शारदा कठायत, गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कठायतको पनि सनाखत भएको छ ।

बाँकी ४ जनाको भने सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए ।

दुर्घटनाका घाइते २७ मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ७ जना कोहलपुर पठाइएको छ। अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा भएको थियो । ४३ यात्रु सवार बस अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न जाने क्रममा दुर्घटनामा परेको थियो ।

सडकबाट करिब २०० मिटर तल खोलामा खसेर भएको बस दुर्घटनाको कारण खुलेको छैन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *