६ मंसिर, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाबाट प्रहरीले बुधबार राति ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–५, पटनीका १९ वर्षीइ दीपनरायण महतो, सखुवाप्रसौनी गाउँपालिका–६ , लखनपुरका ३५ वर्षीय मुखतार मिया र २५ वर्षीय जोखु राउत छन् । त्यसैगरी, सखुवाप्रसौनी– ५, बलुवाका रामगुलाम प्रसाद यादव, सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ महुवन बस्ने जयराम राउत र सखुवाप्रसौनी–५ बलुवाका २६ वर्षीय दिनेश रामलाई पनि प्रहरीले जुवा खालबाट समातेको छ ।
सखुवाप्रसौनी गाउँपालिका–५, बलुवास्थित जलान्धर यादवको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले २८ हजार ७ सय ५ रुपैयाँ नगद, १६ थान कौडा, २ थान मोबाइल समेत बरामद गरिएको उनले बताए । उनीहरुलाई जिल्ला प्रहरी कर्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।