पूर्वलडाकूद्वारा गृहमन्त्रीसामू विष सेवनको प्रयास

By purnakhabar

November 21, 2018

५ मंसिर, काठमाडौं । पूर्वलडाकूले गृहमन्त्री रामबहादुर थापा बादलसामन्ने विष सेवनको प्रयास गरेका छन् ।

पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विष निकालेर खान खोजेका हुन् । तत्काल नै उनलाई रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

उनले गृहमन्त्रीलाई भेट्नुअघि पनि विष सेवन गरेको आशंका गरिएको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

अनलाइन खबरबाट