कार र मोटरसाइकल ठोकिदा रुपन्देहीमा २ जनाको मृत्यु

By purnakhabar

November 21, 2018

५ मंसिर, बुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्र्तगत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । अर्का एक एकजनाको पहिचान खुलेको छैन ।

कारसमेत सडकबाट तल खसेको छ ।

अनलाइन खबरबाट