Banner News

राष्ट्रपतिलाई नायिका रेखा थापाको प्रश्न: १८ करोडको गाडी चढेर देशलाई के दिनुहुन्छ ?

By admin

November 18, 2018

मंसिर २, काठमाडौ । राष्ट्रपति बिद्यादेबि भन्डारीलाई सरकारले सेना मार्फत ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएपछि यतिबेला चारैतिरबाट चर्को आलोचना बढेको छ।

महिला राष्ट्रपति १८ करोडको गाडी चढ्ने भएपछी चर्चित नायिका रेखा थापाले बिरोध जनाएकी छन । गरिब देशका महिला राष्ट्रपतिले १८ करोडको गाडी चढ्दा नकारात्मक सन्देश दिने भन्दै यो देशका छोरीहरुले देशको राष्ट्र प्रमुख हुने सपनामाथी प्रश्न उठाएकी छन ।

राष्ट्र प्रमुखको यस्तै हर्कतले के यो देशका १८ जना छोरीले मात्रै पनि देशको प्रमुख बन्ने सपना देख्लान ?

आफु सवार हुने गाडीमा १८ करोड लगानीले देशलाई के दिन्छ ? भन्दै राष्ट्रपतिलाई नै प्रश्न गरेकी छन ।

नायिका थपाले भनेकी छन, कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनता लाई । तर अठार जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपनादेख्छन त ? यो लगानिले देश लाई के दिन्छ ?

सरकारले राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो। तर अपुग भएको भन्दै थप १४ करोड निकासा भएको हो ।

Source link