लगानीकर्ताको चेतावनीपछि नेप्सेले रोक्यो एभरेष्टको कारोबार

By purnakhabar

November 18, 2018

२ मंसिर, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोकिएको छ । कम्पनीको मूल्य समायोजन विवेधकारी भएको भन्दै लगानीकर्ताहरुले आन्दोलमा उत्रने चेतावनी दिए पछि नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबार रोक्का गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सको विभेदकारी एवं अवैज्ञानिक ढंगले सेयर मूल्य समायोजन गरिएको भन्दै आइतबार लगानीकर्ताहरुको ३ वटै संगठनहरु नेप्सेको कार्यालयमा पुगेको थियो ।

ईआईसीपीओलाई मात्रै मूल्य समायोजन गर्नु पर्नेमा त्यो पनि किन वेच शून्य प्रतिशत रहेको एइ को वाहानामा साधारण सेयरलाई समेत मूल्य समायोजनको नाउमा भाउँ घटाइएको भन्दै लगानीकर्ताहरुले आपत्ति जनाएका थिए ।

पुनः मूल्य समायोजन नभएसम्म एभरेष्टको कारोबार बन्द गर्न माग गरिएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।

‘मूल्य समोजनको नाममा भाउँ घटाई दिनु एकदमै लज्जास्पद हो’, अध्यक्ष पोखरेलले भनिन्, ‘बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने हामीलाई भान भएका कारण हामीले यो निर्णय तत्काल सच्याउन अनुरोध गरेका छौं ।’

आइतबार भएको छलफल पछि पुनः मूल्य समायोजन गरिने निर्णय भएको नेप्सेका सीईओ चन्द्रसिंह साउदले जानकारी दिए ।  नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेल, पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेल सहितका लगानीकर्ता आइतबार नेताहरु नेप्से कार्यालयमा पुगेका थिए ।

अनलाइन खबरबाट