ए डिभिजन लिगमा आर्मीको पहिलो जित

By purnakhabar

November 17, 2018

१ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले पहिलो जित हात पारेको छ ।

शनिबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो । यसअघि लिगको पहिलो खेलमा आर्मीले एनआरटीसँग २-० को बराबरी खेलेको थियो ।

हलचोकमा भएको खेलमा आर्मीका विकास खवासले गोल गरे । उनले २७ औं मिनेटमा गोल गरेका हुन् । च्यासलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि गोल फर्काउन भने सकेन ।

अनलाइन खबरबाट