Banner News

अभिनेता नाजिर हुसेनलाई आफ्नै गाउँमा सम्मान

By admin

November 16, 2018

कात्तिक ३०, बारा । अभिनेता नाजिर हुसेन आफ्नै गाउँमा सम्मानित हुने भएका छन्।

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा शुक्रबारदेखि शुरु भएको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव २०७५) मा अभिनेता हुसेनलाई सम्मान गर्न लागिएको हो।

उपमहानगरको वडा नम्बर १४ निवासी हुसेनलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ।

हुसेनलाई उद्घाटन कार्यक्रममै सम्मान गर्ने तयारी भइरहेको आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले नेपालखबरलाई जानकारी दिए।

स्थानीय स्तरबाट कलाकारितामा संघर्ष गरेर राष्ट्रिय स्तरसम्म आफ्नो छवि बनाउन सफल भएकोभन्दै हुसेनलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले हुसेनलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

Source link