Banner News

प्रधानमन्त्री ओलीले बनाए ‘साली’लाई राजदूत

By admin

November 15, 2018

सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरे ।

जसमध्ये एक थियो, इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने ।

पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएका थिए ।

कांग्रेस र तत्कालीन माओवादीको गठबन्धन सरकारका बेला राप्रपाको कोटामा राजदूत बनेका थापालाई फिर्ता बोलाउनु स्वभाविक भएको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् । तर, रिक्त पदमा शाक्यको सिफारिसमा भने ‘राजदूत नै बनाएको हो र’ भन्ने प्रतिक्रिया दिएका छन् ।

को हुन् शाक्य ?

यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा मलाई छ प्यारो साधै आफू भन्दा

बोलको चर्चित गीतकी गायिका हुन् शाक्य । साथै प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित) का सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् । तर, त्यही कारण उनी इजरायलका लागि राजदूत सिफारिस भएकी भने होइनन् ।

नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् ।

तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।

नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो । -सिधा न्युज

Source link