केरुङ्ग नाकामा एकै साथ ३० वटा आईसर कन्टेनरहरु संचालन हुने

By purnakhabar

November 15, 2018

२९ कात्तिक, काठमाडौं । ३० वटा आईसर कन्टेनरहरु, सिल्क ट्रान्सपोर्टेशनद्वारा संचालनमा ल्याइएका छन् ।

उक्त कन्टेनरहरु आइएसओ सर्टिफाईडका साथै कम्पनी बडि विल्ड, राम्रो माईलेज, हुक सिस्टम, सिल्पर क्याबीन, १४७ हर्ष पावर भएको (जसले गर्दा ड्राइभरलाई गाडी चलाउन र सामान लोड/अनलोड गर्न सहज हुने) ले गर्दा दुबै चालक र व्यापारीलाई फाइदाजनक हुने निश्चिन्त रहेको सिल्क ट्रान्सपोर्टेशनका संचालक रमेश शेर्पाले साँचो हस्तान्तरण कार्यक्रममा बताए ।

चाँडै नै थप ७० वटा कन्टेनरहरु पनि केरुङ्ग नाकाबाट सामानहरु ढुवानी गर्ने पनि उनले जानकारी दिए ।

उक्त साँचो हस्तान्तरण कार्यक्रममा आईसर गाडीको नेपालको लागि आधिकारिक बिक्रेता इस्टर्न एजेन्सीस प्रालिका प्रबन्ध निर्देशक दिम प्रसाद पौडेलले नेपालमा आईसर गाडीहरु सुरक्षित, उच्चमाईलेज, बिक्रीपछिको सेवा सुविधा, जेनुइन पार्टसहरुको सहज उपलब्धताले गर्दा दिन प्रतिदिन माग बढ्दै गएको उनको भनाइ छ ।

अनलाइन खबरबाट