मामाघर आएका किशोरको पर्सामा शंकास्पद मृत्यु

By purnakhabar

November 14, 2018

२८ कात्तिक, वीरगञ्ज । मामाघर आएका एक किशोरको पर्सामा शंकास्पद मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका–३, बढनिहार बजारमा रहेको मामाघरमा आएका १३ वर्षीय आर्यन तामाङको मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक तामाङको निधारमा चोट लागेको छ ।

तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि प्रहरीले भने यसको पुष्टि हुन बाँकी रहेको जनाएको छ । घटनास्थलमा प्रेसर कुकर पड्केको कुनै प्रमाण नभेटिएकाले मृत्यु शंकास्पद देखिएको प्रहरी भनाइ छ ।

‘मामाघर आएका १३ वर्षीय किशोरको मृत्यु प्रेसर कुकर पड्केर भएको परिवारका सदस्यले  बताए पनि  पुष्टि हुन सकेको छैन,’ पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले भने, ‘यसबारे अनुसन्धान गर्न थप प्रहरी त्यसतर्फ पठाएका छौं ।’

अनलाइन खबरबाट