Banner News

घरभित्रै….!

By admin

November 12, 2018

भाइ भाइको लडाइँ चलेको छ घरभित्रै आफन्तले आफन्तलाई छलेको छ घरभित्रै

शिर झुकाइ पिडा लुकाइ हास्नुपर्छ घरभित्रै अन्धबिस्वास कुसंस्कारलाई मान्नुपर्छ घरभित्रै

 

आफ्नाले आफ्नालाई नै दबाउछन घरभित्रै केही गरौ भन्ने चाहा हराउदै छ घरभित्रै

बोल्नलाई छुट छैन दबाउछन घरभित्रै चलमलाउन खोज्दाखेरी ढलाउछन घरभित्रै

 

काम गर्ने कामदारहरु भोकै हुन्छन घरभित्रै परिवार र नानीहरु थाली थाप्छन घरभित्रै

कुविचार र कुबुद्दिमा हिडेका छन घरभित्रै सभ्यता र संस्कृति नै ढलेको छ घरभित्रै

जीवन एउटा संघर्ष हो बाच्नुपर्छ घरभित्रै समस्या र अपठ्यारोलाई फाल्नुपर्छ घरभित्रै

Source link