भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस

By purnakhabar

November 11, 2018

काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।

आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् ।

सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त निलमण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेन ।

मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् ।

ढकाल परराष्ट्रका सहसचिव हुन् ।

अनलाइन खबरबाट