म्यानमारविरुद्ध नेपाललाई अग्रता, सावित्राले गरिन् पेनाल्टीमा गोल

By purnakhabar

November 11, 2018

२५ कात्तिक, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले घरेलु टिम म्यानमारविरुद्ध सुरुवाती समयमै अग्रता बनाएको छ ।

नेपालका लागि सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गरेपछि नेपालले अग्रता बनाएको हो ।

थुवुन्ना रंगशाला म्यानमारविरुद्ध नेपाल जितको खोजीमा रहेको छ । सुरुवाती समयमै १–० गोलले पछि परेको म्यानमार दबाबमा खेलिरहेको छ । नेपालभन्दा म्यानमार निकै बलियो टिम हो । तर नेपालले पहिलो खेलमा नै भारतलाई बराबरीमा रोक्दै अंक बाढेको थियो । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च मनोबल रहेको छ ।

नेपालले पहिलो खेलमा बलियो प्रतिद्धन्दी भारतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढेको थियो ।

यता, म्यानमारले भने आफ्नो पहिलो खेलमा नै बंगलादेशलाई ५–० गोलको भारी अन्तरले पराजित गर्दै शानदार जित निकालेको थियो ।

समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा १३ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

अनलाइन खबरबाट