Banner News

अर्धचेत अबस्थामा रहेका जित बहादुर लिम्बुलाई युएईका संस्थाहरु मिलेर नेपाल फर्काए

By admin

November 11, 2018

कार्तिक २५, युएई । ब्रेन ह्यामरेज भएर अर्धचेत अबस्थामा रहेका जित बहादुर लिम्बुलाई युएईमा रहेका विभिन्न संघ संस्थाहरुको सहयोगमा नेपाल फर्काइएको छ । ताप्लेजुङ थिङ्गलाबूबाट बसाइँ सराई गरेर मोरङ झरेका लिम्बुलाई शनिबार राती १२ बजे युएईको दुबई एरपोर्टबाट उडान भएका थिए ।

बिरामीलाई ट्रान्जिटमा दिल्ली हुँदै नेपाल पुर्याएको थियो । दुबईबाट इतिहात एरलाइन्समा डाइरेक्ट फलाइट भएपनि निकै महङ्गो हुने भएको हुँदा एर इन्डिया मार्फत दिल्ली हुँदै नेपाल पठाउनु परेको हो । उनलाई बिराटनगर न्युरो हस्पिटलमा रिफर गरिएको छ । उनलाई आजै काठमाडौंबाट बिराटनगर लगिदै छ ।

लिम्बुको उद्दारका लागि युएईमा रहेका विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेका थिए । ताप्लेजुङ सेवा समाज युएईका महासचिव भवानी लिम्बु र नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले उद्दारको लागि बिशेष संयोजनकारी भूमिका खेलेका थिए । कमल पोख्रेलले बिरामीलाई नेपाल लैजान आबस्यक पर्ने कागजात अबुधावीमा रहेको नेपाली दूतावास संग समन्वय गरि ब्यबस्थापन गरेका थिए ।

जित बहादुर उद्दार समिति

जित बहादुर लिम्बुलाई नेपाल फर्काउन ताप्लेजुङ सेवा समाज युएईका महासचिव भवानी लिम्बुको संयोजकमा उद्दार समिति गठन गरिएको थियो । उप-संयोजकमा नेपाली जनप्रगतिशिल मोर्चा युएईका उपाध्यक्ष कमल पोख्रेल र संघिय लिम्बुवान सामाजिक मंच युएईका अध्यक्ष लासांग निङ्गलेकु लिम्बु रहेका थिए।

अन्य सहभागी संघ संस्थाहरुबाट एक जना प्रतिनिधिहरु रहेका थिए । श्री पशुपति बचत सस्था युएई (किशन खनाल), मितेरी समाज युएई (प्रदीप पुन मगर), मितेरी समाज युएई दुबाई शाखा (राम मगर), नेपाली समाज युएई (तोया नाथ लम्साल), प्युठान स्वर्गद्वारी समाज युएई (दुजमान सुनार), दाङ्ग देउखुरी समाज युएई (कमल गिरि), किरात याक्थुंग चुम्लुङ्ग युएई (राजु कुरूबाङ् लिम्बु), आदिबासी जनजाति महासघ युएई, (सरोज पयाङ्गो लिम्बु), युमा साम्यो महा सम्मेलन संयोजक समिति युएई(गोबिन्द लुङ्गफाबुङ्ग), तनहु समाज युएई (कृष्ण पौडेल), जबेल अलि समुह युएई (गणेश इङ्गनाम), पाल्पाली समाज युएई (कैलाश अर्याल), अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई (किर्तिमान पुन मगर), झापाली समाज युएई (अमर राई), नेपाली समुदाय युएई (कृष्ण), गोर्खे ग्रुप समुह अल ऐन, सामुहिक युवा प्रयास बहुउद्देश्यीय सहकारी सस्था काठमाडौं नेपाल (शुरज शर्मा), महिला सदस्य सोनी भण्डारी (ताप्लेजुंग समाज सेवा युएई)

आर्थिक सहयोग 

जित बहादुर उद्दार समितिको पहलमा रकम संकलन भएको थियो । सहयोग गर्नेहरु पशुपति बचत सस्था युएई -२०० दिराम, संघिय लिम्बुवान सामाजिक मंच युएई -१९३९ दिराम, ताप्लेजुङ्ग समाज सेवा युएई-४०२० दिराम, मितेरी समाज युएई (केन्द्र)-५०० दिराम, मितेरी समाज युएई (दुबाई शाखा)-४१० दिराम, नेपाली समाज युएई-६१५ दिराम, प्युठान स्वर्गद्वारी समाज युएई -५०० दिराम, दाङ्ग देउखुरी समाज युएई -५०० दिराम, किरात याक्थुंग चुम्लुङ्ग युएई-२३१३ दिराम, नेपाल आदिबासी जनजाति महासघ, युएई -१५२५ दिराम सहयोग गरेका थिए ।

परिवार सदस्यहरु गंगा लाल थलंग लिम्बु, नन्दलाल थलंग लिम्बु, चन्द्र लाल वनेम लिम्बु, अमन थाङ्गदेन लिम्बुबाट ४१२० दिराम सहयोग गरेका थिए ।

युएईमा रहेका अन्य संस्थाहरु युमा साम्यो महा सम्मेलन संयोजक समिति युएई-८०० दिराम, तनहु समाज युएई -३०० दिराम, जबेल अलि समुह युएई -३१५ दिराम, पाल्पाली समाज युएई-५०० दिराम, झापाली समाज युएई -५५० दिराम, नेपाली समुदाय युएई -३४० दिराम, अल एन जेल गोर्खे ग्रुप, युएई -३६६ दिराम, सामुहिक युवा प्रयास बहुउद्देश्यीय सहकारी सस्था काठमाडौं नेपाल-२५० दिराम र लोकेन श्रेष्ठबाट १०० दिराम, एनआरएनए युएईबाट ५५५ दिराम प्राप्त भएको थियो ।

यसरि सबै रकम २० हजार ७ सय १८ युएई दिराम उठेको थियो ।

बिरामी खर्च 

जित बहादुर लिम्बुको उपचार खर्च १ लाख ६० हजार दिराम मिनाहा गरेको छ । बिरामीलाई नेपाल सम्म पुर्याउनुको लागि एयर लाइन्स संग समन्यन देखि एक जन नर्सको व्यस्था गरेको छ ।

सहयोग स्वरूप उठेको रकम २० हजार ७ सय १८ दिराम मध्ये बिरामलाइ नेपाल पठाउन १७ हजार ८ सय ८३ दिराम खर्च भएको छ भने बाँकी रहेको बचत २ हजार ८ सय ३५ दिराम सहयोगार्थ खोलिएकोको खाता नम्बरमा सहयोग स्वरूप जम्मा गरिने संयोजक भवानी लिम्बुले बताए ।

बिरामी संगै नेपाल जाने नर्सलाई १५ सय दिराम, एम्बुलेन्स खर्च ६ सय ५०, बिरामीलाई जहाजमा चाहिने औषधि खर्च ५ सय २० दिराम, मेडिकल रिपोर्ट खर्च २ सय ७० दिराम, नर्सलाई आउने/जाने टिकट, बिरामी र सहयोगीको टिकट १४ हजार ५ सय १०, दिल्ली एरपोर्ट चार्ज ४ सय ३३ गरि जम्मा १७ हजार ८ सय ८३ दिराम खर्च भएको थियो ।

आफ्नै नेपाली ध्वजावाहक जहाजमा बिरामी लैजाने ब्यबस्था गर 

युएई देखि नेपाल उडान भर्ने आफ्नै नेपाली ध्वजावाहक जहाजमा बिरामी लैजाने ब्यबस्था नभएको कारण बिरामीलाई नेपाल लैजान जहाँज ब्यबस्था मिलाउन निकै कठिन भएको अभियन्ता भवानी लिम्बुले बताए ।

दुबई देखि इतिहात एरलाइन्समा डाइरेक्ट बिरामी लैजाने ब्यबस्था भएपनि अत्यधिक महंगोका कारण उक्त एरलाइन्स प्रयोग गर्न नसकिने उनले बताए । ब्रेन ह्यामरेज भएर अर्धचेत अबस्थामा रहेका जित बहादुर लिम्बुलाई डाइरेक्ट फलाइटमा पठाउन निकै महंगो भएको कारण एरइन्डिया मार्फत महँगो खर्चमा दिल्ली हुँदै ट्रान्जिटमा नेपाल पठाउनु परेको बताएका छन् । आफ्नै नेपाली नेपाली ध्वजावाहक जहाजमा बिरामी लैजाने ब्यबस्था भए यति धेरै खर्च नलाग्ने उनको बुझाइ छ ।

उनले भने बिरामीलाई नेपाल लैजान जहाँजको ब्यबस्थापन गर्न निकै कठिनाइ हुँदोरहेछ, अस्पतालले जहाँजको बन्दोबस्त नगरिदिएको भए आफुलाई निकै गाह्रो पर्ने थियो ।

आफ्नै नेपाली ध्वजावाहक जहाजमा बिरामी लैजान पाउने ब्यबस्था गर्नको लागि विप्लव निकट प्रबासी संगठन नेपाली जनप्रगतिशील मोर्चा युएईले सम्बन्धित निकाय संग पहल गर्ने बताएको छ ।

युएईमा बिरामी परेका नेपालीहरुलाई बिरामी अबस्थामै नेपाल फर्काउनु परेको खण्डमा आफ्नै ध्वजावाहक जहाँज प्रयोग गर्न पाउने ब्यबस्थाका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह गर्दै नेपाली जनप्रगतिशील मोर्चाका उपाध्यक्ष कमल पोखरेलले दुतावास समक्ष माग पत्र लिएर जाने तयारि गरेको बताए । उक्त बिषयलाई यस अघि दूतावासका अधिकारिहरु संग ब्यबस्थापनका लागि मौखिक छलफल पनि गरेको जनाए ।

यसरि दूतावास संग माग राख्दा संस्थाको आधिकारिक माग पत्र सहित आउँन सुजाय पछी मागपत्र सहित दूतावास जाने तयारी गरेको उपाध्यक्ष पोख्रेलको भनाई रहेको छ ।

Source link