‘बाहुबली’ निर्देशकको फिल्ममा एनटीआर र रामचरण

By purnakhabar

November 11, 2018

‘बाहुबली र बाहुवली २’ जस्तो सर्वाधिक कमाई गर्ने चलचित्र बनाएर चर्चामा आएका निर्देशक एसएस राजमौलीले नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् । उनले २ चलचित्रमा साउथका सुपरस्टार प्रवासलाई लिएर काम गरेका थिए । नयाँ चलचित्रमा भने प्रवास नायक हुने छैनन् ।

राजमौलीले सुरु गरेको नयाँ चलचित्रको मुख्य भूमिकामा साउथका २ सुपरस्टार जुनियर एनटीआर र रामचरण छन् । साउथ चलचित्रमा जुनियर एनटीआर र रामचरणको क्रेज लोभलाग्दो छ । यो चलचित्र कस्तो बन्ने हो भन्ने बारेमा केही पनि खुलाइएको छैन । तर, राजमौलीको चलचित्रबाट दर्शकले ठूलो आशा भने गर्न सक्छन् ।

अनलाइन खबरबाट