छठ विशेष कार्यक्रमको मञ्च बनाउँदा करेन्ट लागेर मृत्यु

By purnakhabar

November 11, 2018

२५ कात्तिक, रौतहट । रौतहटको बौधीमाई नगरपालिकामा विद्युतको हाइटेन्सन तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बौधीमाई नगरपालिका १ बौधी टोलमा छठपर्व विशेष कार्यक्रम गर्न मञ्च बनाउने क्रममा ११ हजार भोल्टको हाइटेन्सन लाइन माथिबाट जेनेटरको तार फाल्ने क्रममा राजपुर घर भएका ५० बर्षका गिरीधारी साहलाई आइतबार विहान करेन्ट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते साहलाई उपचारको लागि जिल्ला अस्पताल गौर तर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी महेन्द्रप्रसाद मरासिनीले बताए । मृतक साहको शव पोष्टमार्टमका लागि शव गौर अस्पतालमा राखिएको छ ।

अनलाइन खबरबाट