Banner News

पुपाल युवा क्लवको अध्यक्षमा पुनः भरतकुमार पुन नै चयन

By admin

November 11, 2018

शनिवार, कार्तिक २४/रुकुम पूर्व । साविक रुकुम जिल्लाकै चर्चित र लोकप्रिय क्लब पुपाल युवा क्लब(PYC)को कार्तिक २०-२१ गते सम्म बिशेष साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले भरतकुमार पुनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

भरत कुमारलाई अध्यक्ष हुन नदिने हिसावले माथिबाटै क्लबमा राजनैतिक हस्तक्षेप भएको बताउँछन् । राजनैतिक हस्तक्षपका बाबजुद अन्ततः भरत कुमार नै अध्यक्षमा चयन भए ।

हाललाई ३१ कार्यसमित सदस्य चयन भएकोमा २१ जना पुरुष र १० जना महिला रहेको कार्यसमितिको नामावली क्रमश अध्यक्षमा भरत कुमार पुन, उपाध्यक्षमा राम पुन, सचिवमा मंगलराज पुन, सह- सचिवमा किरण पुन, कोषाध्यक्षमा अाईतमान पुन र सह-कोषाध्यक्षमा दिपक पुन रहेका छन् भने बाकी सदस्यहरुमा दिनेश कुमार पुन, सूर्य पुन, राजकुमार पुन, भागिराज पुन, तेजेन्द्र घर्तीमगर, रामसुर घर्तीमगर, जितै पुन, जय प्रसाद पुन, नरेश कुमार पुन, हाँसिमान पुन, विजय पुन, अमर बहादुर पुन, टोप, बहादुर पुन, कमल पुन, सत प्रसात पुन, हरिलाक पुन, पूर्णिमा पुन, अनिता पुन, सुसित पुन, अन्जु घर्तीमगर, संगिता घर्तीमगर, गिता पुन, भागिसार पुन, रेजिना पुन र शान्ती बुढा रहेका छन् ।

Source link