Banner News

पुपाल युवा क्लबको एघारौं बार्षिकोत्सव भब्य तरिकाले मनाउने निर्णय पारित

By admin

November 10, 2018

भरत कुमार पुन मगर अध्यक्ष रहेको पुपाल युवा क्लवले आफ्नो ११ औं जन्मोत्सव भब्य तरिकाले मनाउने निर्णय गरेको छ । क्लवको नयाँ कार्यामितिको पहिलो बैठकले आफ्नो जन्मोत्सव विभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरेको छ ।

पुरुष भलिबल तर्फ प्रथम पुरस्कार ५०,०००, द्धित्तिय: ३०,००० तृत्तियलाई २०,००० र दर्ता शुल्क: २५०० भने महिला भलिबल तर्फ प्रथम पुरस्कार ३०,०००, द्धित्तिय २०,०००, तृत्तिय: १५,००० र दर्ता शुल्क: २००० रहेको छ ।

भलिवल बाहेक घोर्डासे (कुस्ती), डन्डीबियो समेत राखिएको छ । घोर्डासे प्रथम पुरस्कार ५०००, द्धित्तिय ३०००, तृत्तिय: २००० र दर्ता शुल्क: ५०० रहेको छ भने डण्डीबियो (छैमन्)मा प्रथम पुरस्कार ५०००, द्धित्तिय: ३०००, तृत्तिय: २००० र दर्ता शुल्क: १००० रहेको छ ।उपरोक्त सबै बिधामा कप, मेडल र प्रमाण-पत्रको ब्यबस्था गरिएको छ ।

खेल उदघाटन मंसिर ३ गते बिहानको ११:०० बजे हुने अध्यक्ष भरत कुमार पुनले पोष्टपाटीलाई जानकारी दिए ।

Source link