Uncategorized

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । तिहार बिदा शुरु हुने अघिल्लो दिन गत मंगलबार साँझ राष्ट्र बैंकले ४ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

महत्वपूर्ण मानिने अनुसन्धान विभागको जिम्मेवारी कार्यकारी निर्देशक गुणाखर भट्टलाई दिइएको छ । भट्ट यसअघि राष्ट्र ऋण विभागमा कार्यरत थिए । उनी अर्थमन्त्री डा. युवराज खतिवडाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

अर्थमन्त्री खतिवडाकै निर्देशनमा अनुसन्धान विभागको जिम्बेवारी भट्टलाई दिइएको अनुमान गरिएको छ । यसअघि उक्त विभागमा रहेका नरबहादुर थापालाई भने राष्ट्र बैंकले राष्ट्र ऋण विभागको जिम्मेवारी दिएको छ ।

उता वित्त कम्पनी सुपरीवेक्षण विभागको प्रमुख रहेका ऋषि भट्टलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । वित्त व्यवस्थापनमा रहेका सुनिल उदासलाई भने वित्त कम्पनी सुपरीवेक्षण विभाग पुर्‍याइएको प्रवक्ता पौडेलले जानकारी दिए । सरुवा भएकाहरुले तिहार विदा सकिएपछिमात्रै जिम्मेवारी सम्हाल्छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *