Uncategorized

पशुपतिसमशेरको प्रश्नः सरकारले किन काम गर्न सकेन ? यो कुरा रहस्यमय छ

२१ कात्तिक, काठमाडौं । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिसमशेर जबराले केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बितिसक्दापनि अपेक्षाकृत काम गर्न नसकेको बताएका छन् ।

‘यत्रो ९ महिना बितिसक्यो, तर सरकारले काम देखाउन सकेन्,’ उनले भने, ‘दुई तिहाईको यत्रो शक्तिशाली सरकार छ, तर सरकार अलमलिएको छ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी-भैले कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पशुपतिसमशेरले भने, ‘सरकारले किन काम गर्न नसकेको भनेर अहिलेसम्म मैले बुझेको छैन् । यो कुरा रहस्यमय छ । दक्ष टिम नभएर हो वा अरु के कारणले हो मलाई थाहा छैन, तर सरकारले काम गर्न सकेन् ।’

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोशसमेत पोखेका छन् । सरकारले ब्यूरोक्रेसी हाँक्न नसकेको उनको टिप्पणी छ ।

सरकारले महँगी नियन्त्रण नगरेको तर जनतालाई करको बोझ बोकाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘सरकारले जनतालाई करको ठूलो बोझ बोकाएको छ । अब सरकारले जनतालाई सेवा प्रवाह गर्नेगरी आफूलाई ड्राइभ गर्नुपर्छ,’ अध्यक्ष राणाले भने, ‘प्रधानमन्त्री ओलीजीले त्यता ध्यान दिनुपर्छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *