२१ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गामा गाई तिहारको अवसरमा समूहिक रुपमा गाईपूजा गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा गाई तिहार औँसीको अवसर पारेर गुल्मीको रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा पूजा गरिएको हो ।
गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठोलगायतका खानेकुरा खुवाइएको छ । रेसुङ्गासँगै रहेको गौशालामा २०४२ सालदेखि गाईहरु पालिदै आएको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घासवासी र छिमेकी गाउँपालिकाबाट मानिसहरु जाने गर्दछ ।
रेसुङ्गामा स्थानीयले पितृहरुको मनोकांक्षा पूरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचलन पनि रहेको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।
गौशालामा हाल झण्डै २ सय गाईगोरुहरु रहेका छन् । स्थानीय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको हो । रेसुङ्गासँगै गौशालाको पर्यटकीय महत्व वढाउन प्रचार प्रसारमा सबैको ध्यान जान जरुरी रहेको रेसुङ्गा संरक्षण समिति गुल्मीका उपाध्यक्ष नवराज भुसाललले बताए ।