बेल्जियममा नेपाली जनसम्पर्क समितिको चियापान

By purnakhabar

November 06, 2018

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियमले बडादशैं, दीपावली, नेपाल संवत र छठको अवसर पारेर चियापान कार्यक्रम गरेको छ ।

समितिले नेपालका राजनीतिक दलहरुको पदचाप पछ्याउँदै बेल्जियमको लुभेन शहरको ब्रसेल्समार्गमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य तथा युरोप इञ्चार्ज सुरेन्द्र भुषाल ,लुभेन नगरपालिकाकी उपप–मेयर डेनिस फान्दर भोर, गैर आवासीय नेपाली संघ केन्द्रीय सचिव जानकी गुरुङ, जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमलगायतले मन्तव्य राखेका थिए । त्यसैगरी, बेल्जियम एनआरएन अध्यक्ष लोक दाहाल , जनप्रतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, संघीय फोरम बेल्जियम अध्यक्ष नेत्र मगर, प्रवासी संगठन बेल्जियमका कार्यवाहक अध्यक्ष दिपेन्द्र केसीले पनि उक्त अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को विदेशस्थित भातृ संगठनका प्रतिनिधिसँगै बेल्जियममा क्रियाशील ३ दर्जन बढी संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

बेल्जियम कांग्रेसका अध्यक्ष सुवास गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई महामन्त्री अनुजा प्रधानले सञ्चालन र सल्लाहकार बाबुराजा लामाले स्वागत मन्तव्य दिएका थिए ।

अनलाइन खबरबाट