उपराष्ट्रपति पुनको चियापान

By purnakhabar

November 05, 2018

१९ कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार दसैं, तिहार, छठ पर्वको अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेका छन् । चियापान कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी पनि सहभागी भइन् ।

प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

चियापान कार्यक्रमका कलाकार, पत्रकार, बुद्धिजीविलगायतका पनि उल्लेख्य सहभागिता रहेको थियो । उपराष्ट्रपति पुनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आयोजना गरेकाले गत शुक्रबार आयोजना गरेको चियापान कार्यक्रम आजका लागि सारेका थिए ।

अनलाइन खबरबाट