पाठ्यक्रम विकास केन्द्रका लेखापाल घुससहित पक्राउ

By purnakhabar

November 05, 2018

१९ कात्तिक, काठमाडौं । प्रहरीले पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीका लेखापाल (लायब सुब्बा) गुणराज दाहाललाई घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको प्रहरी टोलीले २५ हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले दाहाललाई काठमाडौं–५, गहनापोखरीस्थित भाञ्जा क्याफे अगाडिबाट पक्राउ गरिएको पुष्टि गरे ।

‘राष्ट्रिय बहिरा महासंघ नेपाललाई कक्षा ६ को सामाजिक र बिज्ञान विषयको पाठलाई साङ्केतिकरण र दृश्य सामाग्री (डीभीडी) तयार गर्ने सम्झौता गरेकोमा कार्य पूरा गरी बिल भुक्तानी माग गर्ने वेलामा उनले घुस माग गरेका थिए’, प्रवक्ता दंगालले भने, ‘जम्मा रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणको लागि आवश्यक पर्ने बाहाना बनाएर उनले सेवाग्राहीसँग रकम माग गरेका हुन् ।’

पक्राउ परेका दाहालमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

अनलाइन खबरबाट