१९, कात्तिक, चितवन । चितवनको रत्ननगर नगरपालिका-९ बाट करिब तीन लाख नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् । जुवाको खालबाट १ लाखको चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले जुवाडेहरुसहित नगद पक्राउ गरेको हो ।
विषेश सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।
रत्ननगर-९ का शुकराम दराईको घरमा च्यानलगेट लगाएर जुवा खेल्दै गर्दा विद्युत प्राधिकरणबाट लगिएको भर्याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले चाडवाडमा हुने जुवातास नियन्त्रणका लागि विषेश टोलीनै गठन गरेको प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौंरले जानकारी दिए ।
पछिल्लो एक हप्ता जिल्लाका विभिन्न ५ स्थानबाट जुवा खेल्नेलाई पक्राउ गरेर मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।