Banner News

गायक मोहित श्रेष्ठले परदेशीलाई समर्पित ‘पूर्वको जून उदायो फेरि’ कोशेली ल्याए [भिडियो]

By admin

November 05, 2018

बहिनीले घरदेशबाट दाजुलाई भन्छिन….

‘पूर्वको जुन उदायो फेरी परदेशी दाजुको खबर आएन बाटो हेरी बसेको बर्षौ दिन बित्यो कोइलीले सुखको गित गायन’

अनि परदेशमा रहेका दाजुले उत्तर दिन्छन…

‘गाउँघरको माया हुंदानि मनमा परदेशी हुनलाई पर्यो बाध्यता गरिबको जुनी लिएर बैनी घरबसी नहुँदो रैछ साध्यता’

यतिबेला नेपालीहरुको पर्ब तिहार भित्रिएको छ । तिहारमा बिशेषगरि भाई टिकामा हरेक दिदि बहिनीहरुले दाइलाई सम्झिने गरिन्छ । तर परदेशमा हुने दाई-भाईहरु घरदेश फर्किन नपाएको विवसतालाई उजागर गर्दै परदेशी दाजुभाईलाई समर्पित जनबादी गायक मोहित श्रेष्ठले गित फेरी ल्याएका छन ।

जमिन बेचेर युद्दका सिर्जना जगेर्ना गर्दै गरेका गायक मोहित श्रेष्ठले आउदै गरेको भाईटिकाको पुर्ब सन्ध्यामा परदेशीलाई समर्पित ‘पूर्वको जून उदायो फेरि’ गित ल्याएका हुन ।

हाल सम्म सिर्जना गरिएका उनका गीतहरु सघर्षशिल जिबन संग समर्पित छन् । प्रगतिशील र जिबनशील छन् । बिशेषगरि दुखि र गरिबहरुका जिबन्त गित छन् । यसैले त उनको नाम कार्नु अगाडी ‘जनबादी तथा प्रगतिशील गायक’ भनेर सम्बोधन हुने गर्छ ।

तिहार बिशेष गीति कोशेली ‘पूर्वको जून उदायो फेरि, परदेशको दाजुको खबर आएन’ गीतको रचना र संगीत गायक श्रेष्ठको आफ्नै रहेको छ भने जनबादी गायक सीता आचार्यले बहिनीको आवाजमा साथ् दिएकी छन र उनि संगै अनु श्रेष्ठले पनि आवाजमा साथ् दिएकी छन ।

रोल्पा जन्मघर भएकी सिता आचार्य युद्द्कालिन चर्चित जनबादी गायिका हुन् । उनि सामना परिवारको सदस्य पनि हुन् ।

हेर्नुहोस भिडियो:-

[youtube https://www.youtube.com/watch?v=87zClg67krQ]

यतिबेला गायक मोहित श्रेष्ठ आफु संग भएको जग्गाको केहि टुक्रा बेचेर युद्दकालमा जन्मिएका आफ्ना सिर्जना बचाउन जुटेका छन् । उनि युद्दमा सहभागी हुँदा आफुले गरेका सिर्जनाहरुको जगेर्ना गर्ने धेयका साथ रेकर्डिङमा व्यस्त छन् ।

युद्दले जन्माएको कलाकारलाई संरक्षण गर्न पुर्व युद्द्कर्मी र प्रगतिशील चेतना भएका देश बिदेशका युवाहरुले साथ् दिंदै आएका छन् । पछिल्लो समय जव मोहित श्रेष्ठ सामाजिक संजाल र युटुबमा आफ्नो सिर्जना सहित उपस्थित भए, तव उनलाई माया गर्नेहरुले निकै नै पछ्याई रहेका छन् ।

उनको सिर्जनालाई जगेर्ना गर्न देश विदेशमा रहेका युवाहरुबाट आर्थिक सहयोग आउँन थालेको छ । यसरि सहयोग पाउन थाल्दा गायक मोहित श्रेष्ठ निकै नै खुसि देखिन्छन, भाबुक पनि देखिन्छन । अब भने उनले बर्ग संघर्षको भट्टीबाट जन्माएका युद्द्का सिर्जनाहरुको जगेर्ना गर्न सकिन्छ भन्ने हिम्मत जुटाएका छन् ।

उनले सहयोग र सद्भाव पाउनुका केहि कारणहरु पनि छन् । मोहित श्रेष्ठका गीतहरुले बर्ग संघर्षको बेला समाजको चेतना फेरिदिएको सत्य हो । बस्ति भरि सुतेका मान्छेहरु ब्युझाएको पनि सत्य हो । बिशेष गरि रोल्पा, रुकुम, सल्यान जस्ता पश्चिमका बिकट र पिछडिएका बर्गहरु जुरुक्क उठाउन उनको जादुमयी आवाज र गीतहरुको देन हो ।

किन कि… बर्गीय आन्दोलनमा सहभागी हुने हरेक युवा युवतीहरु यिनैका गीत संगीतमा झुमेर नसा नसामा रगत दौडाउथे, हुरुक्क हुन्थे अनि संघर्षमा भाग लिन्थे । युद्दमा प्रत्यक्ष सामेल नहुनेहरु यिनैका गित सुनेर माओबादी आन्दोलन संग पिरती गाँसेका थिए ।

त्यसैले त माओवादीलाई माया गरेका थिए र शान्ति कालको पहिलो चुनावमा सबै भन्दा ठुलो पार्टी बनाएर उभ्याएका थिए ।

पश्चिम र सुदूरपश्चिममा बिद्रोह गर्नु जनताको अधिकार हो, भन्ने कुरा सबै भन्दा पहिले युद्दमा सिर्जना भएका बिद्रोहका गित संगीतहरु सजिलै गरिब दुखिका मन भित्र पस्न सकेका हुन र सिकाएका हुन् । अनि बर्गीय आन्दोलनमा हजारौ युवाहरुलाई लाम लगाएका हुन ।

त्यसपछि मात्र राजनीतिक नेतृत्वको बैचारिक स्कुलिङले बर्ग संघर्षको आगोमा हामफाल्न तयार भएका हुन् । त्यसकारण बर्ग संघर्षमा जन्मिएका हरेक कलाकार र सिर्जनाहरुको संरक्षण गर्नु युद्द्लाई नजिकबाट नियाल्नेहरूको दायित्व र कर्म हो भन्ने भाव लिएर लामो समयसम्म ओझेलमा परेका मोहित श्रेष्ठलाई सहयोग साथ् दिंदै आएका छन ।

श्रेष्ठले आफ्नो युटुब च्यानल मार्फत थुप्रै गीतहरु सार्वजनिक गरेका छन् । उनको युटुब च्यानल सब्सक्राइ गर्न यो लिंकमा जान सक्नु हुनेछ र उनका गीतहरु सुन्न सक्नु हुनेछ ।

सम्बन्धित सामाग्री पढ्नुहोस्:

कहाँ थिए जनवादी गायक मोहित श्रेष्ठ: जमिन बेचेर युद्दका सिर्जनाको जगेर्ना गर्दै [भिडियो] 

जनबादी गायक मोहित श्रेष्ठले ल्याए आर्को मार्मिक गित ‘अपेरा’ [भिडियो हेर्नुहोस]

Source link