[ad_1]
यज्ञराज उपाध्याय
धनगढी, कार्तिक १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) कैलालीको कार्यदलको शनिबार बसेको बैठकले पार्टी एकता लगभग टुंगो लगाएको छ । सबैको सहमति अनुसार नै जिल्लाका स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रका आधारमा भागबन्डा समेत गरेको छ ।
कैलालीका १३ स्थानीय तह मध्य तत्कालीन नेकपा (एमाले) लाई ७ पालिका र तत्कालीन माओबादी केन्द्रलाई ६ पालिकाको नेतृत्व गर्न दिने सहमति भएको छ ।
एमाले :- धनगढी उप-महानगरपालिका, टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्किचुहा नगरपालिका, चुरे गाउँपालिका र जानकी गाउँपालिका
माओवादी :- मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका, भजनी नागरपालिका र गोदावरी नगरपालिका
यस्तै प्रतिनिधि सभा निर्वाचनमा ५ निर्वाचन क्षेत्र मध्य तत्कालीन नेकपा (एमाले)ले ३ र तत्कालीन माओवादी केन्द्रले २ वटा निर्वाचन क्षेत्रमा नेतृत्व गर्नेछन ।
एमाले :- क्षेत्र नम्बर १, २ र ३
माओवादी :- क्षेत्र नम्बर ४ र ५
यसैगरी प्रदेश सभा निर्वाचनमा रहेका १० निर्वाचन क्षेत्र मध्य ५ निर्वाचन क्षेत्रमा तत्कालिन नेकपा (एमाले) र ५ निर्वाचन क्षेत्रमा तत्कालीन माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको छ ।
एमाले :- २ (क), ३ (ख), ४ (क), (ख), ५ (क)
माओवादी :- १ (क), (ख), २ (ख), ३ (क), ५ (ख)
[ad_2] Source link