एनआईसी एशिया बैंकको नयाँ शाखा लेटाङमा

By purnakhabar

November 02, 2018

१६ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङ्ग जिल्लाको लेटाङ्ग नगरपालिका वडा नं ४ मा खुलेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना शुक्रबार लेटाङ्ग शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा निर्देशक ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको बताए ।

मुलुकभर २६४शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। बैंकको वासलातको आकार रू २०० अर्ब भन्दा बढि पुगेको छ ।

अनलाइन खबरबाट