निर्मला पन्त हत्याको १०० दिन, किन फेला परेनन् अपराधी ?

By purnakhabar

November 02, 2018

१६ कात्तिक, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० औं दिन शुक्रबार पाटन कृष्ण मन्दिरम दीप प्रज्वलन गरिएको छ ।

अधिकारकर्मी र सर्वसाधारणले शुक्रबार साँझ कृष्ण मन्दिरमा  मैनवत्ती बालेर १०० दिनसम्म किन दोषी पत्ता लगाउन नसकेको भनी सरकारलाई प्रश्न गरेका छन् । मैनबत्तीमार्फत १०० र प्रश्नचिहृन लेखेर उनीहरुले सरकारलाई खबरदारी गरेका हुन् ।

अनलाइन खबरबाट