मिटुमा मुछिएपछि इन्डियन आइडलबाट अनुमल्लिक आउट

By purnakhabar

November 02, 2018

भारतीय टेलिभिजनमा प्रशारण हुने गायन रियालिटी हो ‘इन्डियन आइडल’ १० औं संस्करणसम्म आइपुग्दा संगीतकार अनु मल्लिक यसका अभिन्न हिस्सा थिए । तर, अब कार्यक्रममा उनी देखिने छैनन् ।

मिटुमा मुछिएपछि अनु मल्लिकको इन्डियन आइडल यात्रा समाप्त भएको हो । यौन उत्पीडनको गम्भीर आरोप लागेका कारण च्यानलले उनलाई निर्णायकबाट हटाउने निर्णय लिएको थियो ।

पहिलो संस्करणदेखि नै मल्लिक निर्णायकका रुपमा देखिन थालेका हुन् । अरु निणर्ायक परिवर्तन हुँदै आए पनि च्यानलले उनलाई भने निरन्तर राखेको थियो ।

मल्लिकमाथि थुपै युवतीहरुले यौन उत्पीडनको आरोप लगाएका छन् । सबैभन्दा पहिले गायिका सोना महापात्राले मल्लिकलाई ‘सिरियल प्रिडेटर’ (सिलसिलेवार अपराधी) संज्ञा दिएकी थिइन् । तर, मल्लिकले भने उनलाई आफूले नचिनेको र सँगै काम पनि नगरेको दावी गरेका छन् ।

अर्की गायिका श्वेता पण्डितले आफू १५ वर्षकी हुँदा मल्लिकले आफूलाई रेकर्डिङ स्टुडियोभित्रै हातपात गरेको आरोप लगाएकी छन् । मल्लिकले यसलाई पनि खन्डन गरेका छन् । यसका अलावा दुई अन्य महिलाहरुले पनि मल्लिकलाई मिटुमा तानेका छन् ।

विवादित बनेपछि च्यानलले मल्लिकलाई राजीनामा गर्न दावाव दिएको थियो । मल्लिकलाई आइन्दा इन्डियन आइडलमा समावेश नरिने भएको छ । यो उनको लागि ठूलो धक्का हो । म्युजिक इन्डष्ट्रीमा खासै काम पाउन छोडेका मल्लिम इन्डियन आइडलबाट चर्चामा रहँदै आएका थिए ।

अनलाइन खबरबाट