चलचित्र ‘बुलबुल’को गीत रिलिज रमाइलो शैलीमा गरिएको छ । ‘फ्ल्यास मोब’ शैलीमा यो चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गर्नका लागि देशका विभिन्न ५ शहरमा डान्सहरु तयार भएका थिए । काठमाण्डौको काठमाण्डौ मलमा भने नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र ४० भन्दा बढी डान्सहरुले नृत्य गरेका थिए । ‘खुद्रा खुद्री माया’ बोलको गीतमा उनीहरुले प्रस्तुति दिएका हुन् ।
फागूण ३ गतेबाट रिलिज हुने चलचित्रमा विनोद पौडेलको निर्देशन, अविरल थापाको निर्माण छ । चलचित्रमा नायिका स्वस्तिमा खड्का टेम्पो ड्राइभर महिलाको भूमिकामा देखिएकी छिन् । कार्यक्रममा नायिका स्वस्तिमा खड्कासँग सेल्फी लिनका लागि फ्यानहरुको भीड पनि लागेको थियो । यस्तो शैलीमा प्रचार गर्दा दर्शकको ध्यान तान्न सकिने वुझाई निर्माणपक्षको छ ।
कोशिष क्षेत्रीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । [youtube https://www.youtube.com/watch?v=nPbIR_Gt4pA]