खुल्यो माथिल्लो तामाकोसीको आईपीओ

By purnakhabar

November 01, 2018

१५ कात्तिक, काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर सर्वसाधारणका लागि खुला भएको छ ।

पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि सेयर जारी गरेको माथिल्लो तामाकोशीले बिहीबारदेखि सर्वसाधारणका लागि सेयर आवेदन खुला गरेको हो ।

बिहीबारदेखि आवेदन खुला भएको उक्त आईपीओको छिटोमा आगामी १९ गते र ढिलोमा मंसिर १४ गतेसम्म बिक्री हुनेछ । सर्वसाधारणका लागि कम्पनीले १ अर्ब ५८ करोड रपैयाँको आईपीओ जारी गर्नेछ ।

अपर तामाकोशीले आजदेखि सर्वसाधारणकालागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन गरेको छ ।

आईपीओका लागि सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निस्कासनकर्ता नागरिक लगानी कोषले जनाएको छ ।

यस अघि आयोजनाले बुधबारमात्रै आयोजना प्रभावितका लागि जारी गरेको साधारण सेयर बाँडफाँट गरेको थियो ।

अनलाइन खबरबाट