Uncategorized

तिहार झिलीलिमी पार्ने दियो यसरी हुँदैछ तयार (फोटो फिचर)

१४ कात्तिक, काठमाडौं । उज्यालोको पर्व तिहार नजिकिदै छ । तिहारमा घरमा बत्ती बालेर झिलिमिली बनाइन्छ ।

घर झिलिमिली पार्न विजुलीका अनेक प्रकारका बत्तीहरु आए पनि माटाका पालाको महत्व घटेको छैन । त्यसैले त भक्तपुरका प्रजापति समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त छन् ।

वर्षेनी तिहारका दिन अरुका घर उज्यालो पार्न अहिले उनीहरु दिनरात नभनी माटोको पाला बनाउन खटिएका छन् ।

माटोको पाला तिहारबाहेक अरुबेला विभिन्न शुभकार्यमा समेत प्रयोग हुन्छ । तर, विशेषगरी तिहारमा यसको माग हृवात्तै बढ्ने गरेको छ ।
लक्ष्मी पुजाका दिन मैनबत्ती बाल्नेहरु पनि छन् । तर, बजारमा पाला खोजी गर्नेहरुको कमी छैन ।

माटाका भाँडा सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त मानिने भएकाले माग बढेको व्यवसायी सुनाउँछन् । तिहारको बेला माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरुको माग बढ्ने गरेको छ ।

बिशेषगरी भक्तपुर नगरको बोलाछें, च्यामासिंह, तालाको पोर्टरी स्क्वायर र मध्यपुर थिमि नगरको नगदेश, बोडे, चपाचो लगायतका स्थानका प्रजापति समुदाय यस्ता भाँडा बनाउने गर्दछन् ।

हेर्नुहोस् तस्वीरहरु

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *