१३ कात्तिक, काठमाडौं । हानकुक टायरले एल.एच. सर्भिसेस र स्पेयर पार्टस् (एल एच एस् एस्) लाई नेपालको लागी आधिकारीक विक्रेताकोे रुपमा नियुक्त गरेको छ ।
एल एच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो र कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागी एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडि बढेको छ ।
यस कम्पनीले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरि बिक्री वितरण गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । हाल ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा संलग्न छ ।