१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको रगत परीक्षण र छातिको एक्सरेको रिपोर्ट पनि सकारात्मक आएको छ ।
यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक-दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘उहाँले आज ब्रेकफास्ट पनि लिनु भएको छ । दाह्री काटेर बस्नु भएको छ । यसैगरी सुधार हुँदै गयो भने एक-दुई दिनमा डिस्चार्ज गर्छौं ।’