ग्लोबल आइएमईको योजनाः क्यूज सिनेमाको २ टिकट किन्दा १ फ्रि

By purnakhabar

October 29, 2018

१२ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन (ग्लोबल स्मार्ट) मार्फत क्यूज सिनेमाको २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ ।

उक्त योजना अन्र्तगत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोर्ड मार्फत क्यूज सिनेमाको टिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्राप्त गर्नेछन् ।

राजधानीको दरबारमार्ग राइजिङ्ग मलमा रहेको क्यूज सिनेमाको टिकट खरिदमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्यू आर कोर्डमार्फत रकम भुक्तानी हुन लागेको हो ।

अनलाइन खबरबाट