सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

By purnakhabar

October 29, 2018

१२ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार १३ अंब बढीको गिरावट आएको कारोबार सोमबरा १०.५६ अंकले घटेको हो ।

१० दशमलव ५६ अंकले ओरालो लागेर नेप्से परीसूचक १ हजार २ सय १६ दशमलव ९३ अंकमा आइपुगेको छ । नेप्से परीसूचकसँगै काराबार रकम पनि घटेको छ ।

आइतबार ३२ करोड रुपैयाँ बढीको कारोबार भएकोमा सोमबार कारोबार रकम २५ करोड रुपैयाँ पनि पुग्न सकेन । दिनभरमा कुल १ सय ६० कम्पनीको ४ हजार ५ सय ३२ कारोबारबाट ९ लाख ८७ हजार ३ सय २१ कित्ता सेयर किनबेच भएका छन् ।

सअनुसार कारोबार रकम २४ करोड ९१ लाख ९६ हजार २ सय ७० रुपैयाँमा रोकिएको सोमबार सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको प्रमोटर सेयरको भएको छ । गोर्खाज २ करोड ५७ लाख ८५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

अनलाइन खबरबाट