१२ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिगमा काठमाडौं रोयल्सले विराटनगर टाइटान्सलाई ५ विकेटले जितेको छ ।
विराटनगरले दिएको १५० को लक्ष्य काठमाडौंले ४ बल बाँकी छँदा नै पूरा गर्यो । यो विराटनगरको लगातार तेस्रो हार हो ।
काठमाडौंका गौरव तोमरले अर्धशतक बनाएका थिए ।