प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्टः छातीमा संक्रमण र शरीरमा चिनीको मात्र असन्तुलित

By purnakhabar

October 29, 2018

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्‍याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्र असन्तुलित देखिएको छ ।

‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गदर्छौं’ कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले भनेका छन् ।

अनलाइन खबरबाट