दशैंको घटस्थापनाबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्र बनेको छ । यसअगाडि चलचित्र ‘छक्का पन्जा’ले बनाएको १६ करोडको ग्रस कलेक्शनलाई यो चलचित्रले रिलिजको १७ औ दिनमा तोडेको हो ।
चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले यो कुराको पुष्टी गरेका छन् । दिपक र दीपाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्-‘छक्का पन्जा’ले १२८ दिनमा प्राप्त गरेको सफलता ‘छक्का पन्जा ३’ले १७ दिनमा नै उक्त उपलब्धी हासिल गरेको छ । वधाई सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई ।’ दिपक र दीपाले रकम भने उल्लेख गरेका छैनन् ।
योसँगै नेपाली चलचित्रको इतिहासमै सर्वाधिक धेरै कमाई गर्ने चलचित्रको टप थि्रमा ‘छक्का पन्जा’को सिरिजले कब्जा जमाएको छ । ‘छक्का पन्जा’ले १६ करोड, ‘छक्का पन्जा २’ले १४ करोड र ‘छक्का पन्जा ३’ले १६ करोड कमाई गर्दै अगाडि बढिरहेको छ । अझै पनि चलचित्र अधिकांश हलमा हाउसफूलका साथ चलिरहेको छ ।