राष्ट्रपति भण्डारीको हातमा विश्वकपको ट्रफी

By purnakhabar

October 28, 2018

११ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ ।

वल्र्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी शीतल निवास पनि पुर्‍याइएको हो ।

वल्र्ड टुरमा रहेको ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो । त्यही साँझ स्वयम्भू र शनिबार पोखरा लगिएको ट्रफी आइतबार विहान चन्द्रागिरीमा सार्वजनिक गरिएको थियो । ट्रफी भोलि बसन्तपुरमा सार्वजनिक प्रदर्शनीमा राखिनेछ ।

अनलाइन खबरबाट