रणवीरको खुलासा-‘म करणले रिजेक्ट गरेको कपडा लगाउँछु’

By purnakhabar

October 28, 2018

बलिउडका सफल निर्देशक करण जोहरको चर्चित रियालिटी शो ‘कफी विथ करण’मा पुगेका बलिउड नायक रणवीर सिंहले एउटा अचम्म लाग्दो खुलासा गरेका छन् ।

उनले आफूले लगाउने लूगा करणको गिफ्ट भएको बताएका छन् । रणवीर फरक किसिमको लूगा लगाउनका लागि माहिर छन् । उनले भने-‘मसँग करणले दिएका थुप्रै लूगा छन् । करणको सपिङ खुबै मनपर्छ । कहिलेकाही उनी यस्ता कपडा पनि ल्याउँछन् कि, जुन कपडा घरमा ल्याएर उनी लगाउन रुचाउँदैनन् । पछि, उनले त्यो कपडा मलाई दिन्छन् ।’

रणवीरका अनुसार, करणले आफ्नो जीवनमा थुप्रै महंगा कपडा किनेका छन् । तर, ती कपडा आफूले लगाउँदा खासै केही अर्थ राख्दैन भन्ने लागेपछि उनले रणवीरलाई उपहार दिने गरेका छन् । रणवीरका अनुसार करणले उनलाई साढे ३ लाख पर्ने फेन्सी ट्रायकसुट समेत उपहार दिएका छन् । रणवीरले उपहार पाएको कपडाको खुबै मिहिनेतका साथ सम्हाल्ने गरेको समेत खुलासा गरेका छन् ।

अनलाइन खबरबाट