एक महिनाभित्रै प्रदेशको राजधानी र नाम टुङ्गिन्छः मुख्यमन्त्री पौडेल

By purnakhabar

October 28, 2018

११ कात्तिक, चितवन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महिना भित्रै प्रदेशको राजधानी र नामाको टुंगो लाग्ने बताएका छन् ।

अन्र्तराष्ट्रिय पोल्ट्री सिम्पोजियम उद्घाटन गर्न चितवन आएका मुख्यमन्त्री पौडेलले भरतपुरमा संचारकर्मीसँग कुरा गर्दै प्रदेश राजधानीको विषय संसदमा प्रवेश पाइसकेकाले तिहार लगत्तै बस्ने बैठकले टुंगो लगाउने बताए । ‘राजधानीको विषय संसदमा प्रवेश भैसकेकाले अब छलफलमा अघि बढ्छ,’ मुख्यमन्त्री पौडेलले भने, ‘राजधानी र नाम छिट्टै टुङ्गोमा पुग्छ ।’

मुख्यमन्त्री पौडेलले प्रदेशको नामका विषयमा कुनै प्रस्ताब नआएको भन्दै नाममा त्यति ठूलो विवाद नरहेको दावीसमेत गरेका छन् ।

राजधानी र नामका विषयमा पार्टीमा सहमति भैसक्यो रे नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मुख्यमन्त्री पौडेलले भने, ‘छलफल भयो भन्ने सुनेको हो,सहमति बारे जानकारी छैन ।’

प्रदेशको राजधानी र नाम टुङ्गाउन गाह्रो नभएको भन्दै उनले हतार नगरेको टिप्पणी गरे । प्रदेशले एउटा निर्णयमा पुग्ने बाटो रोजिसकेकाले निर्णय हुनेमा आशंका नगर्न मुख्यमन्त्री पौडेलले आग्रह गरे ।

राज्यका सवै तहको समन्वयमा मात्रै मुलुकको विकास सम्भव भएको भन्दै उनले एक अर्कालाई दोष लगाएर पन्छिन नमिल्ने बताए । ‘कानून निर्माण, कर्मचारी समायोजन लगाएतका केही समस्या छन्,’ उनले भने, ‘त्यसले हामीलाई काम गर्न रोकेको छैन् ।’

केन्ऽ सरकार पनि समस्यामा रहेको भन्दै उनले केन्ऽले प्रदेशलाई पेल्यो भन्ने पक्षमा आफू नरहेको बताए ।

अनलाइन खबरबाट