साउदिमा नेपालीहरुले दशैं, तिहार र छठ सँगै मनाए

By purnakhabar

October 28, 2018

साउदी । विदेशिएका नेपालीहरुको जीवन सहज छैन । उनीहरुका आफ्नै बाध्यता छन् । चाहेर न त चाडपर्व मनाउन सक्छन् न त घुमफिर गर्न नै पाउँछन् ।

चाडपर्व नजिकिदा विदेशीभूमिमा मनलाई सम्हालेर राख्नु पर्ने बाध्यता उनीहरुमा छ । तर, अहिले केही खिन्नाता भएपनि विदेशमा रहेका विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने चाडपर्व कार्यक्रमले विदेशिएका नेपालीहरुको पीडा कम गरिदिने गरेको छ ।

यो वर्ष गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले पनि यही अक्टोबर २६ तारिख का दिन बुरैदा शहरमा दशै र दीपावलीको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कर्यक्रम गर्यो ।

साउदीको विभिन्न शहर तथा कम्पनीहरुमा गत हप्ता नै विभिन्न कार्यक्रम गरी मनाइए पनि अल कासिम भने अहिले मनाइएको हो ।

क्षेत्रीय अध्यक्ष रम्जान दिन मियाको सभापतित्वमा तथा नेपाली दूतावास रियादका तृतीय सचिब सन्तोष अधिकरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए एनसीसी कार्यबाहक महासचिव बिशाल श्रेष्ठ, नेपाली दूतावासका निजामुदिन, एनसीसी युवा संयोजक राजकुमार श्रेष्ठ,नेपाली प्रवासी समाजहाइलका होम राज बास्तोला तथा ओम नाथ अधिकारी, गन्तब्य नेपालका यादव घिमिरे, तुल्सिराम गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

यसक्रममा प्रमुख अतिथिसहित अतिथिहरुले दशैं, तिहार र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए । उनीहरुले यस्ता विदेशी भूमिमा रहेरपनि आफ्नो चाडपर्व मनाउनु र एकअर्कामा शुभकामना आदानप्रदान गर्न पाउनु खुसीको कुरा रहेको भन्दै नेपालीहरु प्रवासमा एकजुट भइरहनुपर्ने बताए ।

काय्रक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहेका थिए भने चिट्ठा कार्यक्रमसमेत संचालन गरिएको थियो ।

अनलाइन खबरबाट