भर्जिनियामा चक्र बास्तोलालाई श्रद्धाञ्जली

By purnakhabar

October 27, 2018

अमेरिका । नेपाली कांग्रेसका स्वर्गीय नेता चक्र बास्तोलालाई अमेरिकाको भर्जिनियामा पनि श्रद्धाञ्जली दिइएको छ । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महत लगायत सहभागी थिए ।

डा. महत प्रमुख अतिथि र रेवति प्रसाद भुसाल बिशेष अतिथि रहेको सो कार्यक्रममा बास्तोलाको ब्यक्तित्व र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनको योगदान तथा भूमिकाबारे बिभिन्न महानुभावहरुले चर्चा गरेका थिए ।

डा. महतले बास्तोलासँग ५० वर्ष अघि आफ्नो भेट भएको र उनीसँग पार्टी संगठन तथा सरकारमा रहँदा गरिएका कामहरुको स्मरण गरे । बास्तोलाको निधनबाट नेपाली कांग्रेसले एक कर्मठ निर्भिक र बुद्धिजिवी कार्यकर्ता गुमाएको डा. महतले बताए ।

कार्यक्रममा सहभागीहरुबाट नेपालको वर्तमान अवस्था, नेपाली कांग्रेसको भूमिका, नेपाली कांग्रेसको आन्तरिक संगठन सुधार र ब्यवस्थापनको बारेमा उठाइएका प्रश्न र जिज्ञासाहरुको बारेमा डा. महतले प्रकाश पारको थिए । कांग्रेसको विधान संशोधन, महासमिति बैठक र केन्द्रीय समिति बैठकमा छलफल भएका बिषयहरु र नेपाली जनसम्पर्क समिति गठन हुँदाको अवस्थाबारे उनले जानकारी गराएका थिए ।

नेपाली कांग्रेस सधैं गैह्रआवासीय नेपालीको हक अधिकारको पक्षमा रहेको बताउँदै डा. महतले नेपालको बिकासमा एनआरएनएको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

अर्का नेता रेवती प्रसाद भुसालले पनि स्वर्गीय चक्र बास्तोला एक निर्भिक र बुद्धिजिवी ब्यक्तित्व हुनुहुन्थ्यो भन्दै उनीप्रती श्रद्धाञ्जली अर्पण गरे । साथै उनले नेपाली कांग्रेसले आफ्नो संगठनलाई सुदृढ र ब्यवस्थित गर्न आवश्यक रहेको बताए ।

सो कार्यक्रममा नेजसस अमेरिकाका उपसभापति केशव बराल, एनआरएन भर्जिनियाका सभापति गोबिन्द सुवेदी, एनआरएन सल्लाहकार अर्जुन सिग्देल, बरिष्ठ साहित्यकार हरि अधिकारी, दधी ढुंगाना, सादगी कृष्ण भण्डारी, मुक्तीनाथ पन्त, भरत रेग्मी, तोया पौडेल, भरत बाराइली, सुरेश अधिकारी, डा. श्याम थापा, राम मिश्र, यम कोइराला, सन्चारकर्मी विश्वराज थापा लगायतले स्वर्गीय चक्र बास्तोलाको ब्यक्तित्व र प्रजातान्त्रिक आन्दोलनमा उनको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति रामशरण हुमागाईंले र कार्यक्रम सञ्चालन डा. देशराज संयोकले गरेका थिए ।

अनलाइन खबरबाट