९ कात्तिक, भोजपुर । एनआईसी एशिया बैंकले भोजपुरमा आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
भोजपुरको षडानन्द नगरपालिका दिङ्गलामा संचालनमा आएको शाखाको नगरपालिकाका मेयर विरबल राईले उद्घाटन गरे ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।