८ कात्तिक, काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्गमा खुलेको छ । नयाँ शाखाको राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उद्घाटन गरे ।
कार्यकारी निर्देशक निरौलाले सम्पूर्ण स्थानीय निकायमा वाणिज्य बैंकको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भएको भन्दै नयाँ शाखा थप गर्दै गएकोमा बैंकको प्रशंसा गरे ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बैंकले निजी क्षेत्रको सबैभन्दा ठूलो शाखा संजाल बन्न सफल भएको बताए ।