‘बोबी हेरौ, नर्वे घुमौ’ भन्ने स्किम अन्तर्गत विजेताको नाम छनोट गरिएको छ । असारको अन्तिम साता रिलिज भएको यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो । सो समयमा नै चलचित्र हेर्ने मध्ये एक जना दर्शकलाई नर्वे घुमाउने योजना यसको निर्माणपक्षको थियो ।
आज काठमाण्डौमा आयोजना गरिएको लक्की ड्रमा विजेताको नाम छनोट गरिएको हो । झापाका राज लिम्बु अब नर्वे घुम्न पाउने भएका छन् । उनले एकजना कोही आफ्ना मान्छेलाई पनि नर्वे लैजान पाउनेछन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा उमेश थापा र कविता गुरुङको मुख्य भूमिका छ । चलचित्रले उमेश र कविताकै रियल लाइफको प्रेम कथालाई भनेको छ ।
चलचित्रकी मुख्य कलाकार कविताले आफूहरुले विजेतालाई नर्वेमा आफ्नै घरमा राख्ने र घुमाउने बताइन् । दर्शकले दिएको मायाले आफू अत्यन्त खुशी भएको उनको भनाई थियो ।