पोखरा । भोलिबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।
पीपीएल खेल्ने ६ टिमका मार्की प्लेयरले फेवातालको डिलमा उभिएर ट्रफी सार्वजनिक गरेका हुन् । भोलिबाट सुरु हुने टी-२० लिगमा पोखरा पल्टन, काठमाडौं किङ्ग्स, चितवन राइनोज्, बुटवल ब्लास्टर, बिराटनगर टाइटेन्स र धनगढी ब्जूल छन् ।
पोखरा क्रिकेट मंदानमा भोलि हुने उद्घाटन खेलमा भरद भेषावकर नेतृत्वको पोखरा पल्टन र सन्दीप लामिछानेको विराटनगर टाइटेन्स भिड्नेछन् ।
प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ पाउनेछ ।